जनता टाइम्स

९ जेष्ठ २०७८, आईतवार १८:३६

प्रधानमन्त्री ओलीद्वारा प्रचण्ड–माधव–देउवा र बाबुरामको शल्यक्रिया, सबै षडयन्त्रको भण्डाफोर (भिडियोसहित)


यसिमा महत / काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधवहित चार जना पूर्वप्रधानमन्त्रीहरुले आफ्नो लागि देश नै बर्वाद पार्न लागेको तथ्यसहित सवै गलत कामको शल्यक्रिया गर्नुभएको छ । प्रधानमन्त्री भएर सत्ताको स्वाद चाखिसकेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल र जसपाका नेता डा. बाबुराम भट्टराईले आफ्नो कहिल्यै पूरा नहुने अतृप्त चाहनाका लागि मुलुकलाई नै दाउमा राख्नेसम्मका हर्कत भएको तथ्य प्रधानमन्त्री ओलीले राख्नुभएको हो ।

प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अवसर पाइसकेका चारजना ७० कटेका मान्छेको महत्वकांक्षाले मुलुक बिग्रदै गएको पनि बताउनुभयो । उहाँले पूर्वप्रधानमन्त्री भइसकेका, पार्टी सभापति बनेका, १५ वर्ष पार्टी नेतृत्व गरेका मान्छे नै अहिले लडाइँ लडिरहेको भन्दै उनीहरुको अतृप्त भोकलाई कहिल्यै चित्त बुझाउन नसकिने भन्दै अगस्त्य शैलीको संज्ञा दिनुभयो ।

‘कुनै भ्रममा नपर्नाेस अहिले अस्वस्थता मच्चाउने को छन ? चार पल्ट प्रधानमन्त्री भएका, पार्टी सभापति भइसकेका, ७० भन्दा माथि उमेर कटिसकेका, अब लिनु र दिनु केही नभएका मान्छे मुलुकमा अस्तव्यस्तता मच्चाइरहेका छन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘युवाको भविष्य र बालबालिकाको भविष्य होइन । आफ्नो अहम् र आफ्नो इगोको चिन्ताका लागि लडेका छन ।’ उहाँले आफ्नो अहंकार पूरा गर्न देश बर्वाद बनाउने खेलमा चार जना लागेको ठोकुवा पनि गर्नुभयो ।

‘१५–१५ वर्ष पार्टी नेतृत्व गरेका र प्रधानमन्त्री भइसकेका भएका मान्छे। फेरि आफ्नो अहंकार र आफ्नो इगोको लागि अहिलेको लडाइँ लडिरहेका छन । यो अस्तव्यस्तता तिनै चारजना मान्छेको स्वार्थ, अतिप्त भोक, कहिल्यै चित्त नबुझाउने, कहिल्यै पेट नभरीने, कहिल्यै तिर्खा नभेटिने अगस्त्य महत्वकांक्षा छ। त्यस महत्वकांक्षाले देश बिग्रदैछ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।’

‘१५–१५ वर्ष पार्टी नेतृत्व गरेका र प्रधानमन्त्री भइसकेका भएका मान्छे। फेरि आफ्नो अहंकार र आफ्नो इगोको लागि अहिलेको लडाइँ लडिरहेका छन । यो अस्तव्यस्तता तिनै चारजना मान्छेको स्वार्थ, अतिप्त भोक, कहिल्यै चित्त नबुझाउने, कहिल्यै पेट नभरीने, कहिल्यै तिर्खा नभेटिने अगस्त्य महत्वकांक्षा छ। त्यस महत्वकांक्षाले देश बिग्रदैछ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।’

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरु देउवा, प्रचण्ड, नेपाल र भट्टराईलाई अगस्त्य ऋषिको संज्ञा दिनुभएको हो । प्रधानमन्त्री ओलीले युवा पुस्तालाई सत्ताको स्वाद पाइसकेकाहरुको स्वार्थका पछाडि नलाग्न आग्रह गर्दै देश र जनताप्रति इमान्दार बन्न सुझाउनुभयो ।