जनता टाइम्स

९ जेष्ठ २०७८, आईतवार १९:१३

प्रेस चौतारी इञ्चार्जको जिम्मेवारी हस्तान्तरण


काठमाडौं, जेठ ९

प्रेस चौतारी नेपालको इञ्चार्जको जिम्मेवारी हस्तान्तरण भएको छ । आज प्रेस चौतारी नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा निवर्तमान चौतारीका इञ्चार्ज राजेन्द्र गौतमले चौतारीको फाइल हस्तान्तरण गर्दै हालका इञ्चार्ज सूर्य थापालाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।

नेकपा एमाले पार्टी केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहनुभएका थापालाई यसअघि बैशाख १० गतेको पार्टी केन्द्रीय कमिटी बैठकले नयाँ इञ्चार्ज तोकेको थियो ।