जनता टाइम्स

१० जेष्ठ २०७८, सोमबार १०:०७

प्रधानमन्त्री ओलीले बोलाउनुभयो स्थायी कमिटीको बैठक : महत्वपूर्ण निर्णय हुँदै


काठमाडौं, १० जेठ । नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा सोमबार दिउँसो १२ बजेपछि स्थायी कमिटी बैठक बोलाउनुभएको हो ।

बैठकमा चुनावको घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल हुने एक नेताले बताउनुभयो । यसअघि ८ जेठमा बसेको स्थायी कमिटीले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो । स्पष्टीकरण बुझाउन भनेर दिइएको समयअवधि पूरा भएकाले सोमबारको स्थायी कमिटीको बैठकले थप महत्वपूर्ण निर्णय लिन सक्ने अनुमान छ ।