जनता टाइम्स

१० जेष्ठ २०७८, सोमबार १८:५०

माधव र झलनाथसहित ११ निवर्तमान सांसद एमालेको साधारण सदस्यबाटै निष्काशित


काठमाडौं, जेठ १० । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित बिघटित प्रतिनिधि सभाका ११ जना सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले खनाल र नेपालसहित विघटित संसदका ११ जना सांसदलाई पार्टीको साधरण सदस्यबाटै निष्काशन गरेको हो ।

खनाल, नेपालसहित भीम रावल, मुकुन्द न्यौपाने, निरा जैरू, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मीकुमार चौधरी र कल्णाणी खड्कालाई निष्काशन गरेको हो ।