काठमाडौं, जेठ १२
चीन सरकारले नेपाललाई तत्काल १० लाख डोज खोप दिने घोषणा गरेको छ । चीनले नेपाललाई तत्कालै अनुदान स्वरुप नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको हो ।
यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो घोषणा गरेको हो । सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको हो । यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्