काठमाडौं, जेठ १३ । जनताटाइम्सका सम्पादक शान्तिराम कार्कीको तेह्रौं पून्य तिथिमा असहायलाई खाना खुवाइएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष कार्कीको कोरोना संक्रमणमा परी यही जेठ १ गते निधन भएको थियो ।
उहाँको तेह्रौं पून्य तिथिमा आज परिवार तथा आफन्तजनले थापाथलीको प्रसुती गृह पछाडि बस्दै आएका करिव १ सय ४० जना असहायहरुलाई खाना खुवाइएको हो । जनताटाइम्स परिवार कार्कीको तेह्रौ पून्य तिथिमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।



प्रतिक्रिया दिनुहोस्