काठमाडौं, जेठ १५ । एमाले नेता बामदेव गौतमले गणतन्त्रको बिषयमा सफेद झुट कुरा सार्वजनिक गर्नुभएको छ । गौतमले नेकपा एमालेभित्र तात्कालिन समयमा देखिएको बहशलाई लिएर आज बिज्ञप्ती दिने क्रममा सफेद झुट कुरा गर्नुभएको हो ।
‘बिडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो। त्यो बैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ,’ गौतमले भन्नुभएको छ । गौतमले नाम सार्वजनिक नगरी चर्चित झापा संघर्षका बिभिन्न पार्टीमा रहेका तीन जना नेता भन्दै आम जनतालाई दुविधामा पार्ने काम गर्नुभएको छ ।
एमालेको तात्कालिन केन्द्रीय कमिटीमा गणतन्त्रको बिरोध गर्ने मुख्य नेता मुकुन्द न्यौपाने हुनुहुन्थ्यो । अन्य दुई नेता झापा संघर्षमा साइनो समेत नभएका छन । नाम सार्वजनिक नगरी गौतमले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीतिर सवैको शंका जावस भनेर सफेद झुट बोल्नुभएको हो । तात्कालिन समयमा गणतन्त्रको बहश हुँदा एमाले स्थायी कमिटी सदस्य न्यौपानेले मात्रै बिरोधमा उत्रनुभएको थियो ।
तात्कालिन महासचिव माधव नेपाल, केपी शर्मा ओली, इश्वर पोखरेल, प्रदीप नेपाल, बिद्या भण्डारी, केशव बडालसहितका नेताहरु गणतन्त्रको पक्षमा दृढतापुर्वक उभिनुभएको थियो । एमालेमा संबिधानसभा र गणतन्त्रको वकालतकर्ता शंकर पोखरेल हुनुहुन्छ । सातौं महहाधिवेशनमा सोप्रस्ताव लिएर जाँदा पोखरेललाई तात्कालिन महासचिव माधव नेपाल, अमृत बोहोरासहितका नेताहरुले जानकारी नै नदिई तुहाउनु भएको थियो ।
तर यो तथ्यलाइ ढाकछोप गर्दै गौतमले केन्द्रीय कमिटीमा रहेका तर झापा संघर्षसँग साइनो सम्बन्ध नभएका अन्य दुई जनालाई जोडेर झुटो बक्तब्य दिनुभएको हो । तात्कालिन समयमा गणतन्त्रको बिरोध गर्नेमा न्यौपाने प्रमुख नेता हुनुहुन्थ्यो भने दुई जना केन्द्रीय सदस्य हाल मन्त्री हुनुहुन्छ । गौतमले आफूले लिखित प्रस्ताव राखेको भन्ने कुरा पनि झुटो रहेको तात्कालिन केन्द्रीय कमिटीमा रहनुभएका एमाले नेताहरुले जनताटाइम्सलाई बताउनु भयो । सो बैठकमा गौतमलेलिखित प्रस्ताव राख्नुभएको थिएन ।
यस्तो छ बामदेवको बक्तब्य
गणतन्त्र दिवस जिन्दावाद !
आज १४औं गणतन्त्र दिवस हो। यस अवसरमा सबै शहीद र अग्रज नेताहरुलाई श्रद्धाञ्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वकअगाडि बढ्न आह्वान गर्दछु।
नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौ नेता कार्यकर्ता तथा अन्य जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ। तर वि सं २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला , नेकपा ९एमाले० का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) हुनुहुन्थ्यो। उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न । अरु दुइजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।
बिडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो।त्यो बैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएं।
वामदेव गौतम
उपाध्यक्ष, नेकपा (एमाले)
संयोजक
पार्टी एकता राष्ट्रीय अभियान
१५ जेठ २०७८ गणतन्त्र दिवस












प्रतिक्रिया दिनुहोस्