काठमाडौं, जेठ १५ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले ल्याएको बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिनुभएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७८/७० को बजेटबारे प्रतिक्रिया दिँदै अध्यक्ष गोल्छाले अप्ठेरो अवस्थामा आएको बजेट भएका कारण यत्तिको बजेटलाई राम्रै मान्नु पर्ने बताउनु भएको हो ।
निजी क्षेत्रले दिएका सबै सुझावहरु नसमेटिए पनि अप्ठेरो अवस्थामा आएका कारण नराम्रो भन्न नसकिने उनको भनाई छ । ‘हामीले जुनबेला सुझाव दिएका थियौं, त्यसबेला यस्तो अवस्था थिएन,’ अध्यक्ष गोल्छाले भन्नुभयो, ‘यो सरकार चुनावी सरकार वा विषे परिस्थितिको सरकार हो, बेलामा धेरै अपेक्षा गर्न सक्ने पनि कुरा भएन, यो बजेट समग्रमा राम्रो छ ।’













प्रतिक्रिया दिनुहोस्