जनता टाइम्स

१७ जेष्ठ २०७८, सोमबार १९:११

नगरपालिका संघद्धारा खोप खरिदका लागी स्वास्थ्यसँग अनुमति


काठमाडौं, जेठ १७

नेपाल नगरपालिका संघले नगरपालिकाहरुले आफ्नै पहलमा खोप खरिद गर्नका लागी स्वास्थ्य मन्त्रालयसंग अनुमति मागेको छ। संघले सरकारको नीति, नियम र मापदण्ड भित्र रही नगरपालिकाहरुले आफ्नै पहलमा खोप खरिद गर्न अनुमति दिन माग गरेको हो। महामारी बढेसँगै समुदायस्तरबाट खोपको माग अत्याधिक बढेपछि खोप खरिद गर्न चाहने नगरपालिकाहरुलाई आवश्यक स्वीकृती प्रदान गरि नगरबासीहरुको बाँच्न पाउने र सहज स्वास्थ सेवाको मौलिक हक सुनिश्चित गर्न मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।

संघका अध्यक्ष अशोक कुमार ब्याञ्जुद्वारा जारी गरीएको बिज्ञप्तिमा भनिएको छ ‘सम्पूर्ण नगरपालिकाहरुको प्रतिनिधिमूलक संस्था नेपाल नगरपालिका संघले कोभिड रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री तथा खोपका लागि स्थानीय सरकारका अन्तराष्ट्रिय महासंघसँग हरसम्भव पहल गरिरहेको छौं।’

कोरोनाभाइरसको दोस्रो भेरियन्ट तिव्ररुपमा फैलिएसँगै यस महामारीको नियन्त्रण गर्न नसके विकराल स्थिती आउन सक्ने भन्दै मुलूकमा तत्काल स्वास्थ्य संकटकाल घोषणा गरि नागरिकको जीउ, ज्यान सुरक्षाका गर्नका लागि माननीय मन्त्रीज्यू समक्ष ध्यानाकर्षण गराएको पुनः स्मरण गराउन चाहन्छौ पत्रमा उल्लेख छ । त्यस्तै संघले देशभरका नगरपालिकाहरुलाई आफ्ना अन्र्तराष्ट्रिय भगिनी संस्थाहरुसँग स्वास्थ सामग्री र खोपका लागि अनुरोध गर्न समेत आव्हान गरेको छ।