काठमाडौं, जेठ १७
मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको छ । प्रधानमन्त्रीको बालुवाटारस्थित सरकारी निवासमा मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । केही समयअघि सुरु भएको बैठकमा एसईइको परिक्षालगायत राजनीतिक विषयमा छलफल हुने भएको छ ।

बैठकमा शिक्षा मन्त्रालयको प्रस्ताव अनुसार एसईइको परिक्षाफल विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा गरिने प्रस्तावमा छलफल भई निर्णय हुने भएको हो । यस्तै, कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि भइरहेका प्रयासहरुको समेत समीक्षा गरिनेछ ।













प्रतिक्रिया दिनुहोस्