जनता टाइम्स

१७ जेष्ठ २०७८, सोमबार २१:५६

भीम रावललाई जनताले दिए जस्ताको तस्तै जवाफ


काठमाडौं जेठ १७ । पटक पटक विवादित बन्दै आउनु भएका पूर्वमन्त्री डा. भिम रावललाई यसपटक पनि सामाजिक संजाल प्रयोगकताले चरम आक्रोश ब्यक्त गरेका छन् ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले जनता बचाउन कोरोनाबिरुद्धको खोप ल्याउन पहल गर्दा पूर्वमन्त्री भीम रावलबिरुद्धमा उत्रनु भएको हो । जनता बचाउने काममा राष्ट्रप्रमुख लाग्दा रावलले कडा आपत्ति जनाउनु भएपछि सामाजिक सञ्जालमा सक्रिय सामाजिक प्रयोगकर्ताले उहाँको पिएचडी उपाधीमाथिनै औला उठाएका छन् ।

रावलले राष्ट्रपति विद्या भण्डारीबाट कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गरेको आरोप लगाउनु भएको छ । रावलले राष्ट्रपतिबाट विभिन्न देशका राष्ट्र प्रमुखसँग खोपका लागि अघि बढाएको पहलप्रति आपत्ति जनाउँदै कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोपको याचना गर्नु संविधानको उल्लंघन भएको जिकिर गर्नुभएको छ । डा. रावललाई सामाजिक संजाल प्रयोगकर्ता आम सर्वसाधारले ब्यक्त गरेका आक्रोश यस्तो छ ।