काठमाडौं, जेठ १८
प्रधानन्यायाधीश र सर्वोच्च बार एशोसियसनबीच संवैधानिक इजलास सम्बन्धी विवादको दीर्घकालीन समाधान खोज्न सहमति भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँगको छलफलपछि पत्रकारसँग कुरा गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले आजको इजलास स्थगित हुन सक्ने बताउनुभयो ।
उहाँका अनुसार पटक–पटक आउने यस्तो विवादले गर्दा दीर्घकालीन समाधान खोज्न वरिष्ठताका आधारमा इजलास गठन गर्ने विषय छलफल भएको हो । त्यसका लागि संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली २०७२, हेरफेर गरिने वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने व्यवस्था गरिने भएको छ ।
नियमावली फुल बेन्चमार्फत एक साताभित्र सच्याएर न्यायपरिषद्बाट निर्णय गर्ने समझदारी भएको पनि उहाँले सुनाउनुभयो । बरिष्ठतम न्यायाधीशमध्ये कुनै विरामी परेमा वा मुद्दा हेर्न नमिलेमा त्यसपछिको बरीयतामा रहने न्यायाधीशलाई इजलासमा राख्ने सहमति भएको छ ।













प्रतिक्रिया दिनुहोस्