जनता टाइम्स

१८ जेष्ठ २०७८, मंगलवार १७:४०

विवेकशील साझाका पूर्वअध्यक्ष उज्जवल थापाको निधन


काठमाडौं, जेठ १८

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जवल थापाको निधन भएको छ। कोभिड–१९ का कारण गम्भीर अवस्थामा रहनुभएको थापाको उपचारका क्रममा निधन भएको हो । थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । गम्भीर अवस्थामा रहनुभएको उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि सुधार आउन नसकेपछि मेडिसिटीमा इसिएमओ प्रविधिबाट उपचार गरिएको थियो।

तर उपचारकै क्रममा उहाँको मंगलबार दिउँसो निधन भएको मेडिसिटी अस्पतालले जानकारी दिएको छ। कोरोना संक्रमण पुष्टि भई विगत २ सातादेखि उहाँको उपचार भइरहेको थियो । यद्यपी सोमबार उहाँको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

थापा संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो । ह्याम्सले ग्राण्डी रेफर गरेपनि इसिएमओ प्रविधिबाट उपचार गर्नुपर्ने भएपछि मेडिसिटी लगिएको थियो। ४४ वर्षीय थापाको ४ बजेर २५ मिनेट जाँदा निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले जानकारी दिनुभयो ।