जनता टाइम्स

१९ जेष्ठ २०७८, बुधबार ११:१४

एमाले स्थायी कमिटी बैठक आज पनि, यस्तो छ एकता जोगाउने अन्तिम प्रयास


काठमाडौं, जेठ १९ । नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बोलाइएको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने एजेण्डा रहेको छ ।

माधव नेपाल र भीम रावल लगायतका केही नेताबाहेक दोस्रो पुस्ताका माधव पक्षीय नेताहरुसँगको निरन्तर संवाद चलिरहेको सन्दर्भमा एमालेको स्थायी कमिटी बैठकले एकताको पक्षमा थप केही लचिलो निर्णय लिने अनुमान गरिएको छ । मंगलवारको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्न हदैसम्म लचिलो बन्ने र अर्को पक्षले अनुशासनहीन गतिबिधि जारी राखे पनि एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय लिएको थियो ।

एकताकै लागि वातावरण बनाउन शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदमाथिको कारवाही समेत रोकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली एकता जोगाउन हदैसम्म लचक बनेपनि पछिल्लो समय माधव नेपाल र भीम रावल एमालेमा बस्न नहुने अडानमा हुनुहुन्छ । तर दुई नेताबाहेक अधिकांश पार्टी एकता जोगाउने पक्षमा दृढतापुर्वक उभिएका छन