जनता टाइम्स

१९ जेष्ठ २०७८, बुधबार १५:१७

एमाले स्थायी कमिटी बैठक स्थगित


काठमाडौं, जेठ १९

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । नेताहरुको व्यस्तता र पार्टी एकताको लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा रहेकाले आज बस्ने तय भएको बैठक भोलि अपरान्ह ४ बजे बस्ने गरि स्थगित भएको हो ।

गलबार बसेको स्थायी कमिटी बैठकले माधव नेपाल पक्षका केही नेताहरु बाहेक अन्यलाई सम्मानजनकरुपमा पार्टी एकता प्रक्रियामा सामेल गर्नेबारे छलफल भएको थियो ।

माधव नेपाल, भीम रावललगाायतका नेताहरु भने एमालेमा नफर्किने निष्कर्ष एमाले नेताहरुको छ । एकताका लागि वार्तामा रहेका नेताहरुलाई माधव नेपाल पक्षबाटै दबाब बढेको र ठोस प्रगति नभएकाले बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।