जनता टाइम्स

१९ जेष्ठ २०७८, बुधबार १८:३९

प्रक्रिया नपुगेको भन्दै निर्वाचन आयोगद्धारा जसपाका दुबै नेताको पत्र खारेज


काठमाडौं, जेठ १९

निर्वाचन आयोगले जसपाका दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्कोलाई गरेको निष्कासनको कारवाही पुष्टि हुने आधार नभएको जनाएको छ । आयोगले दुबैलाई मान्यता नदिई आधिकारिकता पुष्टि हुने कागजात मागेको हो ।

आज दुवै अध्यक्षलाई पत्राचार गर्दै दुवै पक्षले पेस गरेका कारवाहीको वैधानिकता पुष्टि नहुने ठहर गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार एकले अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेका पत्र राजनीतिक दलसम्बन्धी नियमावली अनुरुप नभएकोले बदर गरेको हो ।