जनता टाइम्स

२० जेष्ठ २०७८, बिहीबार ०८:४७

माधव समुहको बैठकमा सहभागी नहुन एमालेको निर्देशन


काठमाडौं, जेठ २०। नेकपा एमालेले माधव नेपाल समुहले बोलाएको भनिएको बैठक अवैधानिक भएको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएको छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले आज विहानै प्रेस वक्तव्य जारी गरी पार्टीले कारवाही गरेका अनाधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको भन्दै त्यसको पार्टीले निन्दा र भर्त्सना गरेको जनाउनु भएको छ ।‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु,’ वक्तव्यमा भनिएको छ ।

उहाँले बिज्ञप्तीमा अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था रहेको स्मरण समेत गराउनु भएको छ । माधव नेपाल समुहले आज केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएको छ । सो बैठक अबैधानिक रहेको एमालेले प्रष्ट पारेको हो ।