जनता टाइम्स

२० जेष्ठ २०७८, बिहीबार १४:१७

विधान माथी निर्वाचन आयोग नागोयाले उडायो धज्जी, आफ्ना मान्छे संयोजक बनाउन षड्यन्त्र नै षड्यन्त्र


जापान, जेठ २०

जापानको नागोया क्षेत्रमा पर्ने एनआरएन तोकाई होकुरिकुको क्षेत्रीय अधिबेशनमा निर्वाचन कमिटीले संस्थाको बिधान नाघेर मनोमानी ढंगले निर्वाचन गराउँदै अघि बढेको छ । निर्वाचन कमिटिले गरेको यस षड्यन्त्रले यहाँको समुदाय नै अचम्मित भएका छन् । एनआरएनए नागोयाको क्षेत्रीय निर्वाचन कमिटीले आफ्नो नजिकको मान्छे जिताउन विधान बिपरित काम अघि बढाएको हो ।

निर्वाचन आयोग, नागोया २०२१ कमिटीका संयोजक बिमल अधिकारी, सदस्य डा. सुदिप अधिकारी र डा. विश्वराज कंडेलले एनआरएनएको बिधान नमानी जसरि हुन्छ आफ्नो मान्छे जिताउने दाउमा लाग्दा, निर्वाचनमा लफडा हुने संकेत देखिएको छ । एनआरएन नागोयामा निर्वाचन कमिटीले रातारात नियमावली परिवर्तन गर्ने, बिधानमा भएका बुँदा भन्दा पनि बिधानमा हस्ताक्षर नभएको भन्दै उक्त विधानमा रहेका बुँदा नै लागू नहुने जस्ता जस्ता बखेडा झिकेर यस्तो षड्यन्त्र रचेको हो ।

यस कमिटीले अहिले जसरि हुन्छ आफ्नो मान्छे संयोजक बनाउने खेलमा लागेको प्रष्ट भएको छ । बिधान को ५.४ नम्बर बँदामा क्षेत्रीय समितिको संयोजक पदमा उम्मेदवार बन्नका लागी रासपको कुनै पनि पदमा रहेर एक कार्यकाल कार्यसम्पादन गरेको र क्षेत्रको हकमा क्षेत्रीय समितिको पदाधिकारी रही कम्तिमा एक कार्यकाल पुरा गरेको हुनुपर्दछ ।

त्यस्तै आयोगका पूर्व अध्यक्ष डिआरसि पारसमणि पोखरेल उक्त क्षेत्रमा रहेपनि गुपचुप बस्नुभएको छ । विधानको सबै कुरा थाहा भएपनि जानकारी नभए जसरी बस्नुभएको उहाँ बिधानले निर्वाचन क्षेत्रमा खास फरक नपर्ने भन्दै आफ्नो मान्छे संयोजक बनाउने होडमा आफै लाग्नुभएको हो । यस निर्वाचन समितिमा रहेकाहरुले बिधानलाई आफू अनुकुल व्याख्या गर्ने गरेको पनि पाईएको छ । गत कार्यकालमा पनि विवादित व्यक्तिलाई राखिएको र अहिलेपनि मनोमानि ढंगले निर्बाचन समितिको संयोजक गराईने भएको छ ।