काठमाडौं, जेठ २१
नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को २ सातासम्म रोकिएको प्रशारण आजबाट पुनः सुरु हुने भएको छ । निर्देशक लक्ष्मण पौडेलले आजबाट निर्धारित समयमा नै शो प्रशारण हुन लागेको बताउनुभयो । शोका ३ जना कोच र केही प्रतिस्पर्धीहरुलाई कोरोना संक्रमण भएपछि शो नै प्रभावित भएको थियो । २ साताअघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै छायांकन गर्न नसकेकाले प्रशारण रोकिएको थियो ।

कोचहरु प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त हुनुभएको छ भने श्रेष्ठको अझै अस्पतालमा उपचार भैरहेको छ । हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको शो आजबाट पुनः प्रशारण हुँदा नकआउट चरण अन्र्तगत प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्