जनता टाइम्स

२१ जेष्ठ २०७८, शुक्रबार १४:२८

एमालेले सोध्यो सुदुरपश्चिम दलका नेता प्रकाश शाहलाई ४८ घण्टे स्पष्टीकरण


काठमाडौं, जेठ २१ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेको छ । एमाले केन्द्रीय सदस्य समेत रहनुभएका शाहलाई केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले पार्टी हितबिपरित जानुको कारणबारे स्पष्टीकरण सोध्नुभएको हो ।

पार्टी निर्णय विपरित माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री पदमा रहिरहेपछि उहाँलाई यसअघि एमाले प्रदेश कमिटीले पनि स्पष्टीकरण सोधेको थियो । प्रदेश कमिटीको स्पष्टीकरणको समते वेवास्ता गरेपछि उहाँलाई केन्द्रले नै स्पष्टीकरण सोधेको हो । उहाँलाई पार्टी निर्णय र संसदीय दलको विधान विपरित गुट भेला गरी अरुलाई समेत त्यस्तो भेलामा सहभागी हुन उत्प्रेरित गरेको तथा पार्टीले निर्णय गरिसक्दा पनि सरकारबाट फिर्ता नभएकोले पार्टी साधारण सदस्यबाट समेत किन निष्कासन नगर्ने भन्दै स्पष्टीकरण मागिएको छ ।

नेकपा एमालेको जेठ १० गते बसेको स्थायी कमिटी बैठकले माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । तर माधव नेपाल समुहले सरकारबाट फिर्ता आउनुको सट्टा मन्त्रीमण्डलमा अन्य सदस्य समेत थप गरेको छ । सोही कारण अन्तिम मौका स्वरुप शाहलाइृ अध्यक्ष ओलीले २४ घण्टे स्पष्टिकरण सोध्नुभएको हो ।