जनता टाइम्स

२१ जेष्ठ २०७८, शुक्रबार १५:४०

यी न्यायाधीशलाई संवैधानिक इजलासमा नराख्न माग गर्दै सर्वोच्चमा निवेदन (पत्रसहित)


काठमाडौं, जेठ २१

सर्वोच्च अदालतका ११ जना न्यायाधीशलाई १४६ सांसदहरुले दायर गरेको मुद्दा छिनोफानोका लागि संवैधानिक इजलासमा नराख्न माग गर्दै निवेदन परेको छ। अधिवक्ता राजाराम घिमिरेले ती न्यायाधीशको स्वार्थ बाझिने भन्दै उनीहरुलाई संवैधानिक इजलासमा नराख्ने मागदाबीसहित आज निवेदन पेस गर्नुभएको हो ।

दिपक कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा नराख्न माग गरिएको हो । सांसदहरुको मुद्दामा यी न्यायाधीशहरुको कुनै न कुनै रुपमा स्वार्थ बाझिने दाबी गरिएको छ । आफ्नो निवेदन संवैधानिक इजलासमै पेस हुने उहाँले जानकारी दिनुभयो ।