जनता टाइम्स

२१ जेष्ठ २०७८, शुक्रबार १८:३२

ओली सरकारमा अव तीन उपप्रधानमन्त्री


काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन उपप्रधानमन्त्री बनाउने निर्णय लिनुभएको छ । अर्थमन्त्री बिष्णु पौडेलसहित जसपाका नेतृत्वकर्ता राजेन्द्र महतो र एमाले नेता रघुबीर महासेठलाई उपप्रधानमन्त्री नियुक्त गर्ने निर्णय लिनुभएको हो ।

महतो जसपाबाट नेतृत्वकर्ता रहेको र उहाँलाई उपप्रधानमन्त्री बनाउने सहमति भएपछि एमालेका बरिष्ठ नेताहरु बिष्णु पौडेल र महासेठलाई पनि उपप्रधानमन्त्री बनाउन निर्णय प्रधानमन्त्री ओलीले लिनुभएको बालुवाटार स्रोतले जनताटाइम्सलाई बतायो ।

‘तीन जना उपप्रधानमन्त्री रहने निर्णय प्रधानमन्त्रीले लिनुभएको छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भन्नुभयो । स्रोतका अनुसार महासेठले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ ।