काठमाडौं, जेठ २३ । वरिष्ठ अधिवक्ता सुशील पन्तले संबैधानिक इजलासमा न्यायाधीश दीपक कार्की र आनन्दमोहन भट्टराई बस्न नमिल्ने बताउनु भएको छ । संवैधानिक इजलासमा रहने अन्य न्यायाधीशको विकल्प रहेको भन्दै बरिष्ठ अधिबक्ता पन्तले यसअघि नै इजलाशमै अलग राय दिएका न्यायाधीशद्वय कार्की र भट्टराई कानूनको राज स्थापित गर्नका लागि बस्नै नमिल्ने आफ्नो निश्कर्ष सुनाउनु भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले आज इजलाश पुनर्गठन गर्दै अघिल्लो इजलाशमै अलग राय दिएर मुद्धाको पक्षधरमा लिनुभएका न्यायाधीशद्वय कार्की र भट्टराईलाई बरिष्ठताको आधार देखाएर इजलाशमा राखेपछि बरिष्ठ अधिबक्ता पन्तसहितका कानून ब्यवसायीहरु बिरोधमा उत्रनुभएका छ । महान्यायाधीबक्ता रमेश बडालले पनि दुवै न्यायाधीश इजलाशमा रहे न्याय मर्ने भन्दै बस्न नमिल्ने जिकिर गर्नुभएको छ । इजलाशमा बडालपछि बहश गर्दै बरिष्ठ अधिबक्ता पन्तले यस्तो अडान लिनुभएको हो । न्यायाधीशद्वय कार्की र भट्टराई कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा यसअघि नै उभिसक्नु भएको छ । सोही कारण पन्तले आपत्ति जनाउनु भएको हो ।
‘दुईजना श्रीमानले अस्तिको (नेकपा सम्बन्धी) मुद्दाको उप उत्पादन यो मुद्दा हो भन्नुभएको छ । यसको सोर्स अफ नलेज के हो ? न्यायाधीशलाई लाग्यो भनेर भएन, इजलासलाई प्रष्ट पार्नुपर्यो, जनतालाई भन्नुपर्यो । उप उत्पादन हो भने कसरी हो ?,’ बरिष्ठ अधिबक्ता पन्तले भन्नुभयो, ‘यो मुद्दा र त्यो मुद्दाको विपक्षी नै अलग छ । अर्को कुरा एउटा न्यायाधीशले आफूले हेर्छु, हेर्दिन भन्न पाउँछ । तर, फलानोले हेर्छ भने म हेर्दिन भन्न पाइँदैन ।’ बरिष्ठ अधिबक्ता पन्तले कुनै न्यायाधीशले हेर्ने मुद्दा म हेर्दिन भनेर दुई न्यायाधीशले भनेको कारण उहाँहरु बस्नै नमिल्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्