काठमाडौं, जेठ २३
कृषि तथा पशुपन्छी बिकासमन्त्री पद्मा अर्यालले आफ्नो जिम्मेवारी पूरा गरी मन्त्रालयबाट बिदा हुनुभएको छ । उहाँले मन्त्रालयको कार्यभार १६० सम्हाल्नुभएको थियो । यसविचमा मूख्य–मूख्य १० अनुभव र उपलव्धिहरूलाई सार्वजनिक गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्रिपरिषद पुनर्गठन गरेसँगै कृषि मन्त्रालयमा ५ महिना नेतृत्व गर्नुभएका मन्त्री अर्यालले कृषिका निकै महत्वपुर्ण काम गर्न सफल हुनुभयो ।
यी हुन्, १० अनुभव र उपलव्धिहरूः
१. उखु किसानको आन्दोलन व्यवस्थापन र समस्या समाधानको लागि जिम्मेवारी पाएको पहिलो हप्ता नै पहल गरी आन्दोलित उखु कृषकहरूको आन्दोलन फिर्ता ।
२. भन्सार नाकाहरूमा ल्भउब िल्बतष्यलब िक्ष्लनभि ध्ष्लमयध क्थकतझ वाट क्वारेन्टाइन सेवा संचालन आरम्भ।
३. कालीमाटी बजारमा कृषकहरूको बजार सुनिश्चितताको लागि होल्डिङ्ग यार्ड व्यवस्था।
४. सार्क क्षेत्रमा नै पहिलोपटक देशभरिकै माटोको डिजिटल नक्सा सार्वजनिकीकरण र प्रयोग।
५. सम्माननीय प्रधानमन्त्रीज्यूबाट किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ।
६. सम्माननीय प्रधानमन्त्रीज्यूबाट पशुपन्छीजन्य उत्पादनहरू अण्डा, कुखुराको मासु र पाउडर दुधमा आत्मनिर्भरताको घोषणा।
७. स्वदेशमा नै रासायनिक मल कारखाना स्थापनाको लागि बजेट विनियोजन।
८. इतिहासमै पहिलोपटक उत्तरी नाकाबाट रासायनिक मल आयातको सुरुवात।
९. इजरायल सरकारको सहयोगमा सवै प्रदेशका एक एक वटा सरकारी फार्म केन्द्रलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्न बजेट विनियोजन।
१०. नेपाल सरकार र भारत सरकारबीच रासायनिक मलको आयातको लागि सरकार सरकार (जिटुजी) प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्वाट स्वीकृति प्राप्त।













प्रतिक्रिया दिनुहोस्