जनता टाइम्स

२४ जेष्ठ २०७८, सोमबार १४:५६

आज पनि संवैधानिक इजलास स्थगित, यस्तो छ कारण


काठमाडौं, जेठ २४

प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासको विवाद चलिरहेका बेला आज इजलास नबस्ने भएको छ । शेरवहादुर देउवासहितका रिट निवेदकको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरामी परेका कारण आज संवैधानिक इजलास गठन हुन नसकेको सर्वोच्च स्रोतले जनाएको छ । आउँदो बुधवारमात्रै संवैधानिक इजलास बस्ने भएको सर्वोच्चले जनाएको छ ।