जनता टाइम्स

२४ जेष्ठ २०७८, सोमबार १७:३१

विवादमा एनआरएनए, नागोयाको अधिवेशन अनिश्चित, र्निवाचन समिती भंग गर्न उमेद्वारद्धयको माग


जापान, जेठ २४

पछिल्लो समय एनआरएनए जापानमा आर्थिक अनियमितता भएको खुलासा भएसंगै नैतिक आधारमा राजिनामा दिन थालेका छन् । यसैक्रममा एनआरएनए जापानमा आर्थिक घोटला भएको प्रतिबेदन उच्चस्तरीय छानबिन समितिले सार्बजनिक गरेसँगै नैतिकताको आधारमा कार्यसमितिका सदस्य राजेश खनालले आफ्नो पदबाट राजिनामा दिनुभएको हो । समितिमा रहेका कोही भने अझैं अनियमिता गर्न मस्त रहेको उच्च स्रोतले जनाएको छ । यतिवेला जापानमा एनआरएनएको अधिवेशनको चटारो नै चलेको छ । तर नागोया शहरमा भने केही आफुलाई सर्वेसर्वा ठानेर अनियमिता गरेका कारण अधिवेशन नै अनिश्चित बन्न पुगेको हो ।

जापानको नागोया क्षेत्रमा पर्ने एनआरएन तोकाई होकुरिकुको क्षेत्रीय अधिबेशनमा निर्वाचन कमिटीले संस्थाको बिधान नाघेर मनोमानी ढंगले निर्वाचन गराउँदै अघि बढेको छ । निर्वाचन कमिटिले गरेको यस षड्यन्त्रले यहाँको समुदाय नै अचम्मित भएका छन् । एनआरएनए नागोयाको क्षेत्रीय निर्वाचन कमिटीले आफ्नो नजिकको मान्छे जिताउन विधान बिपरित काम अघि बढाएको छ । निर्वाचन आयोग, नागोया २०२१ कमिटीका संयोजक बिमल अधिकारी, सदस्य डा. सुदिप अधिकारी र डा. विश्वराज कंडेलले एनआरएनएको बिधान नमानी जसरि हुन्छ आफ्नो मान्छे जिताउने दाउमा लाग्दा, निर्वाचनमा लफडा हुने संकेत देखिएको छ ।

यसअघि पनि निर्वाचन कमिटिमा रहेका विमल अधिकारी र डा. सुदिप अधिकारीले भोटर संख्या भन्दा धेरै मतदान हुदाँ पनि आफ्नालाई जिताउन चुपचाप रहेको र पछि केन्द्रले पूनः उनिहरुलाई हटाई केन्द्रले नै चुनाव गराएको थियो । अहिले पनि तिनैलाई निर्वाचन समितिमा राख्दा नागोयावासी अचम्मित भएका हुन् । उनिहरु एनआरएनए एशिया प्यासिफिकका उप–संयोजक पारशमणी पोखरेलको हनुमान बनेर लागिरहेको खुलेको हो ।

नागोयाको क्षेत्रिय अधिवेशनमा संयोजक पदको उमेदवारीलाई लिएर विवाद उत्पन भएको छ । संयोजकमा ३ जनाको उमेद्वारी परेकोमा मनोज वम मल्लको उमेदवारीलाई लिएर विवाद भएको हो । मल्ल विरुद्ध निर्वाचन समितिमा उजुरी समेत परेको छ। मल्ल विरुद्ध संयोजकका प्रत्याशी उमेदवार गंगा घर्तिमगर र अर्जुन केसी (रामवहादुर खत्री) ले उजुरी गर्नुभएको हो ।

क्षेत्रिय समितिको संयोजकको उमेदवार हुन बिधानको ५.४ नम्बर बुदाँमा रासपको कुनै पनि पदमा रहेर एक कार्यकाल कार्यसम्पादन गरेको र क्षेत्रको हकमा क्षेत्रीय समितिको पदाधिकारी रही कम्तिमा एक कार्यकाल पुरा गरेको हुनुपर्दछ भनिएको र मनोजवम मल्लले उक्त नियम पालना नगरेको केसी र घर्तिमगरको तर्क छ ।

अझ विधानको २. २७ मा कार्यकाल भन्नाले पदमा नियूक्ति वा निर्वाचित भएर सपथ खाएको मितिले न्यूनतम ३६५ दिनको अबधी लाई भनि प्रष्ट पारेको उहाँले बताउनुभयो ।

क्षेत्रिय समिति नागोयाको वर्तमान कोषाध्यक्षसमेत रहेका गंगा धर्तिमगरका अनुसार वममल्ल गत क्षेत्रिय समितिमा कार्य समिति सदस्यमा चुनिएका हुन् । पछि उपाध्यक्ष पद रिक्त भएपछि केहि महिना अघि मात्र उक्त पदमा राखिएको थियो। अधिवेशनमा चोर बाटोबाट आएको उहाँले सुनाउनुभयो । त्यस्तै निर्वाचन समितिले मनोज वम मल्लले पनि चुनाव लड्न पाउने निर्णय गरेपछि जापानमा तनाब उत्पन्न भएको हो । विवाद उत्पन्नलगतै संयोजकका उमेद्वारहरु अर्जुन केसी र गंगा घर्तिमगरद्धारा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो पक्षपाती र्निवाचन समिती भंग हुनुपर्ने माग गर्नुभएको छ ।