जनता टाइम्स

२४ जेष्ठ २०७८, सोमबार २१:०९

९ः४५ देखि सुरु हुने फुटबलमा नेपालको सुरुवाती–११ सार्वजनिक, जोर्डनविरुद्धका लागि तीन खेलाडी परिवर्तन


काठमाडौं, जेठ २४

फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ । खेल राति ९ः४५ बजे सुरु हुनेछ । जोर्डनसँगको खेलका लागि नेपालले सुरुवाती–११ को घोषणा गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४–३–३ को रणनीतिमा मैदान उतार्नुभएको छ ।

नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने छन् । नेपालले जोर्डनविरुद्ध तीन खेलाडी परिवर्तन गरेको छ । चाइनिज ताईपेविरुद्ध सुरुवाती-११ मा रहेका रहेका आशिष लामा, सुनिल बल र गौतम श्रेष्ठ बेन्चमा रहेका छन् ।फर वार्ड अभिषेक रिजाल, डिफेन्डर दिनेश राजवंशी र विकास खवास सुरुवाती–११ मा परेका छन् ।

नेपाली टिम

गोलकिपर-किरण चेम्जोङ

डिफेन्डर-रोहित चन्द, अनन्त तामाङ, बिकाश खवास, दिनेश राजवंशी

मिडफिल्डर-पुजन उपरकोटी, सन्तोष तामाङ, सुमन अर्याल

फरवार्ड-अन्जन विष्ट, सुमन लामा, अभिषेक रिजाल