जनता टाइम्स

२५ जेष्ठ २०७८, मंगलवार १३:०२

जर्मनीद्वारा सहयोग स्वरुप पठाएको ६२ भेन्टिलेटर सहितको स्वास्थ्य सामग्री नेपालमा


काठमाडौं, जेठ २५

जर्मनीले नेपाल सरकारलाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आज स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीले ६२ वटा भेन्टिलेटर, ५० हजार भन्दा बढी थान मास्क, गमबुट, टेन्ट लगायतका सामग्री जर्मनीका राजदूतले हस्तान्तरण गर्नुभएको छ । युरोपेली संघको बृहत ईयू सोलिडारिटी प्याकेजअन्तर्गत आएका ती स्वास्थ्य सामाग्री टर्किस एयरलाइन्सबाट नेपाल ल्याइएको हो ।