जनता टाइम्स

२५ जेष्ठ २०७८, मंगलवार १९:२८

अझै पनि एमाले मिलाउने भन्दै दोस्रो तहका ८ नेता एक घण्टादेखि समिट होटलमा


काठमाडौं, जेठ २५

नेकपा एमाले मिलाउन दुबै पक्षका ४-४ जना नेताहरु समिट होटलमा वार्ता गरिरहनुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव माधवकुमार नेपाल समूहले अस्वीकार गरेको भोलिपल्ट दोस्रो तहका नेताहरु फेरि सक्रिय हुनुभएको हो ।

एमालेको दुवै समूहका दोस्रो तहका नेता पार्टीमा देखिएको विवाद मिलाउन आज वार्तामा जुट्नुभएको हो । दुबै पक्षका दोस्रो तहका नेताहरुबीच ललितपुरको समिट होटलमा वार्ता सुरु भएको हो। एमाले मिलाउन प्रधानमन्त्री ओलीले आइतवार राति ६ बुँदे प्रस्ताव गर्नुभएको थियो ।

तर नेपाल पक्षले सोमबार स्थायी कमिटी बैठक बोलाएर ओलीले अल्मल्याउने रणनीतिसहित प्रस्ताव ल्याएकाले स्वीकार्न नसकिने निर्णय लिएको थियो। त्यस्तै आज एमालेको निर्देशन अवज्ञा गर्दै नेपाल पक्षले नेपाल समूहले सुदूरपश्चिम प्रदेशमा माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सघाइसकेको छ।