जनता टाइम्स

२६ जेष्ठ २०७८, बुधबार ०९:५४

योगेशले देखे माधव-झलनाथको नियतमै गम्भीर खोट


काठमाडौं, जेठ २६ । एमाले सचिव योगेश भट्टराईले पार्टी एकता नहुनुमा मुलत दुई कारण रहेको भन्दै आफ्नै समुहका नेता माधवकुमार नेपाल र झलनाथ खनालमाथि कडा प्रश्न गर्नुभएको छ । नेता भट्टर्राले एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल तीनै जनामा एकै खालको समस्या रहेको पनि बताउनुभएको छ ।

नेता भट्टराईले कांग्रेससभापति शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग मिल्न तयार माधव–झलनाथ पार्टी अध्यक्ष ओलीसँग किन मिल्न सकिरहेका छैनन भन्ने प्रश्न समेत गर्नुभएको छ । त्यस्तै पार्टी अध्यक्ष ओली माधव९झलनाथ खनासँग नमिल्ने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग मिल्न किन तयार भैरहेका छन भन्ने पश्न गर्नुभएको छ । उहाँले एमालेको एकताको मुल जड यस्तो रहेको बताउनुभएको छ

यस्तो छ योगेशको भनाई
कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

कस्ले, किन र के कालागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मुल जड यहीँ छ । यस बिषयमा कमरेडहरु बीचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।