जनता टाइम्स

२६ जेष्ठ २०७८, बुधबार १४:२८

यसकारण तिरस्कारयोग्य र खेदजनक छ माधव समूहको हर्कत


एकताको अपिललाई मनोगत रुपमा राजनीतिक चालबाजी, षड्यन्त्र र एकता विरोधी परिभाषित गरेर तल्लो स्तरको राजनीति चरित्र प्रदर्शन गर्ने काम भएको छ । उच्च राजनीतिक नेतृत्वमा रहेका पात्रहरुको यस्तो प्रवृतिको नेता र नेतृत्वप्रति निर्माण भएको जनविश्वास र भरोसालाई नै खण्डित गर्ने काम भएको छ । आफ्नो साँघुरो दृष्टिकोण, कुण्ठा, इष्र्या र लगुताभाषका कारण अरुको असल नियतमाथि शंका गर्ने कस्तो खालको राजनीतिक चरित्र हो ? यसरी पार्टी अध्यक्षले गरेको एकताको अपिलमाथि अतिक्रमण गरेर कसको इशारा र भरोसामा अगाडि हिडिरहनु भएको छ कमरेडहरु ? एकताको अपिललाई एकता विरोधी भनेर परिभाषित गर्दै एमालेमा एकता कि बिखण्डन खोज्दै हुनुहुन्छ ? एकताको विरोध गरेर एकताको खोजी गर्नु राजनीतिक बचकनापन हो

बीरबहादुर गिरी

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि हदैसम्मको चलकतासहित सवैको माग पूरा हुने गरी अपिल गर्नुभयो । यो अपिलले विभाजनको डिलमा पुगेको अवस्थाबाट चिन्तित र त्रसित लाखौं एमालेजनको मनमा खुसी र आशाको सञ्चार प्रवाह गर्यो । एकीकृत एमालेको नेतृत्वमा नै ‘समृद्ध नेपाल : सुखी नेपाली’को सपना बोकेका आम नेपालीमा पनि उत्साह जागृत गर्यो । नेपाली राजनीति बजार मात्र होइन, सामाजिक सञ्जालमा समेत अध्यक्ष ओलीको अपिलको पक्ष र बिपक्षमा तरंगहरु देखिए । मुलतः एमाले एकताको पक्ष र विपक्षमा प्रतिक्रियाहरु सार्वजनिक भए ।

एमालेको बिभाजनमा आफ्नो राजनीतिक भविष्यको सुरक्षा हुने सपना देखिरहेका शक्ति र समूहहरु विचलित मनोदशाबाट ग्रसित देखिन थालेका छन । उनीहरु आफ्ना योजना र सपनाहरु भत्कने त्रासमा एक खालको राजनीतिक रुवाबासीमा छन । अर्कोतर्फ बिशाल, सुदृढ र गतिशिल एमालेको सपना देख्नेहरु पार्टी अध्यक्ष ओलीको यो अपिलबाट निकै उत्साही देखिनु स्वभाविक हो । एकीकृत एमालेको छहारीमा सुरक्षित राजनीतिक भविष्य र नेपालको आर्थिक सामाजिक रुपान्तरणको नेतृत्व खोजिरहेका नेता कार्यकर्ताहरुमा नयाँ आँट, हौसला र जागरण पैदा गरेको छ यो अपिलले । गुटबन्दी र आग्रहको चिन्तन नबोकेर एकताको भावनालाई आत्मसात गर्दै अगाडि बढ्न सबै एमालेजनमा भरोसाको धरोहर उठाएको छ पार्टी अध्यक्षको यो कदमले ।

पेरिसडाँडाको सल्लाह र बुढानिलकण्ठको भरोसामा कसरी एमाले एकताबद्ध बनाउन सकिएला ? बाबुराम भट्टराईको हौसलामा उपेन्द्र यादवको लठ्ठी टेकेर एमाले बलियो बनाउने सपना कसरी सार्थक हुन्छ ? राजनीतिक नैतिकताको बलत्कार गरेर विधि र पद्दतिको कुरा गर्नेहरुले नै एकताको अपिलमाथि अतिक्रमण गरेर कहाँ जान खोजेको हो ? आम एमालेजनले यसको जवाफ खोजिरहेका छन । साँचो अर्थमा पार्टी अध्यक्षले गरेको एकताको अपिलले कतै एकता विरोधीहरुलाई थप अप्ठेरो परेको त होइन ? किन पेरिसडाँडाको सल्लाह र बुढानिलकण्ठको भरोसा खोजी हुँदैछ यसरी ?

अध्यक्षबाट पार्टी एकताका लागि अपिल सार्वजनिक भएलगत्तै विभिन्न दृष्टिकोणबाट प्रतिक्रियाहरु छताछुल्ल भएका छन । एमाले नेता कार्यकर्ता मात्र होइन, सामाजिक जीवनका सबै क्षेत्रबाट प्रतिक्रियाहरु आए । तर हिजोदेखि पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई चौतर्फी घेराबन्दी गर्दै आएकाहरुले भने पार्टी एकताको यो महान अपिलमाथि अतिक्रमण गर्न थालेका छन । एकताको अपिललाई मनोगत रुपमा राजनीतिक चालबाजी, षड्यन्त्र र एकता विरोधी परिभाषित गरेर तल्लो स्तरको राजनीति चरित्र प्रदर्शन गर्ने काम भएको छ । उच्च राजनीतिक नेतृत्वमा रहेका पात्रहरुको यस्तो प्रवृतिको नेता र नेतृत्वप्रति निर्माण भएको जनविश्वास र भरोसालाई नै खण्डित गर्ने काम भएको छ । आफ्नो साँघुरो दृष्टिकोण, कुण्ठा, इष्र्या र लगुताभाषका कारण अरुको असल नियतमाथि शंका गर्ने कस्तो खालको राजनीतिक चरित्र हो ? यसरी पार्टी अध्यक्षले गरेको एकताको अपिलमाथि अतिक्रमण गरेर कसको इशारा र भरोसामा अगाडि हिडिरहनु भएको छ कमरेडहरु ? एकताको अपिललाई एकता विरोधी भनेर परिभाषित गर्दै एमालेमा एकता कि बिखण्डन खोज्दै हुनुहुन्छ ? एकताको विरोध गरेर एकताको खोजी गर्नु राजनीतिक बचकनापन हो ।

अध्यक्षको अपिललाई एकता विरोधी देख्नेहरु कीमार्थ एकताबद्ध एमाले पक्षमा छैनन भन्ने तथ्य घाम जस्तै छर्लङ्ग भएको छ अब । पार्टी प्रमुखको हुर्मत लिएर बिखण्डनको बाटो रोज्ने राजनीतिक रहरको ढोका कसरी खुलेको छ ? तपाईंहरुको क्रियाकलापबाट सैद्धान्तिक र राजनीतिक रुपमा एमाले विरोधीहरु खुशी हुनुपर्ने अनि एमालेजनहरुले मन दुखाउनु पर्ने किन ? एमालेका नाममा एमाले विखण्डन गर्ने मनोदशा बोकेर कांग्रेस, माओवादीका लागि राजनीति रमिता सिर्जना किन गरिदै छ ? पार्टी एकताका लागि गरिएको यो महान अपिलसँगै प्रतिपक्षी र प्रतिस्पर्धीहरुमा त्रास सिर्जना गरेको छ । यस्तो बेला उनीहरुको मनोबल उठाउन एकताको अपिलमाथि अतिक्रमणको अग्रमोर्चामा एमाले ‘नेता’हरु नै देखिनु दूःखद कुरा हो । यस्ता हर्कतहरु राजनीतिक र नैतिक दृष्टिकोणले तिरस्कार योग्य र खेदजनक छन ।

पेरिसडाँडाको सल्लाह र बुढानिलकण्ठको भरोसामा कसरी एमाले एकताबद्ध बनाउन सकिएला ? बाबुराम भट्टराईको हौसलामा उपेन्द्र यादवको लठ्ठी टेकेर एमाले बलियो बनाउने सपना कसरी सार्थक हुन्छ ? राजनीतिक नैतिकताको बलत्कार गरेर विधि र पद्दतिको कुरा गर्नेहरुले नै एकताको अपिलमाथि अतिक्रमण गरेर कहाँ जान खोजेको हो ? आम एमालेजनले यसको जवाफ खोजिरहेका छन । साँचो अर्थमा पार्टी अध्यक्षले गरेको एकताको अपिलले कतै एकता विरोधीहरुलाई थप अप्ठेरो परेको त होइन ? किन पेरिसडाँडाको सल्लाह र बुढानिलकण्ठको भरोसा खोजी हुँदैछ यसरी ? अनि राजनीतिक घुमन्तेको उपमा पाएका बाबुरामको हौसला र क्षेत्रीय स्वार्थमा रमाउने उपेन्द्रको साथ किन खोजिदैछ ? अहिलेको आवश्यकता भनेको पार्टीलाई एकीकृत र गतिशील बनाएर राष्ट्रियताको पहरेदार, जनताको भरोसायोग्य, लोकतन्त्र नेतृत्वकर्ता र कम्युनिष्ट आन्दोलनको मुल प्रवाह बनाउनु हो । एकताबद्ध एमाले मुलुकको आबश्यता हो । एमालेको बिखण्डनले मुलुकको राष्ट्रियता कमजोर हुुन्छ । यही राष्ट्रिय कार्यभार पूरा गर्नका लागि पार्टी अध्यक्षले ‘ब्याक गेयर’ लगाउनु भएको हो । यही ब्याक गेयरबाट नै फेरि नेकपा एमालेले नयाँ राजनीतिक मोड लिने हो । यस्तो मोडमा उभिएर एकताको गाडी रोक्न अवरोध गर्नेहरुलाई एमाले बन्ने अधिकार बाँकी होला अब ? इतिहासको लिलाम गरेर पश्चातापको डडेलोमा डामिने प्रयास हो एकता अपिलमाथिको अतिक्रण ।

अध्यक्षको अपिललाई एकता विरोधी देख्नेहरु कीमार्थ एकताबद्ध एमाले पक्षमा छैनन भन्ने तथ्य घाम जस्तै छर्लङ्ग भएको छ अब । पार्टी प्रमुखको हुर्मत लिएर बिखण्डनको बाटो रोज्ने राजनीतिक रहरको ढोका कसरी खुलेको छ ? तपाईंहरुको क्रियाकलापबाट सैद्धान्तिक र राजनीतिक रुपमा एमाले विरोधीहरु खुशी हुनुपर्ने अनि एमालेजनहरुले मन दुखाउनु पर्ने किन ? एमालेका नाममा एमाले विखण्डन गर्ने मनोदशा बोकेर कांग्रेस, माओवादीका लागि राजनीति रमिता सिर्जना किन गरिदै छ ?

एमालेबाट अलग भएर कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्छु भन्ने सपना बिखण्डनको बाटो हुँदै बिसर्जनको गन्तब्यमा पुग्नु शिवाय अरु हुन सक्दैन । यस्तो सपना देख्नेहरुबाट नै एकताको अपिलमाथि अतिक्रमण भएको प्रष्ट छ । राजनीतिक मर्यादा मिचेर औकातभन्दा सयौं माइल पर पुग्ने कुचेष्टारुले इतिहास लज्जित भएको छ । २०७४ सालको स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा नेकपा एमाले मुलुकको पहिलो शक्तिका रुपमा उदायो । त्यहिबेलादेखि एमालेप्रतिको जनविश्वासलाई खण्डित गर्न देशी विदेशी शक्ति केन्द्रहरु जुटेका हुन । कतै तिनै शक्तिकेन्द्रहरुको निर्देशनमा त अहिले एकतको अपिलमाथि अतिक्रमणको भइरहेको छैन ? आज जसरी आफूले निर्माण गरेको इतिहास, बोकेको आस्था र लिएको उद्देश्यमाथि धावा बोल्ने कोेशिष हुँदैछ , यसको वास्तविक अन्तर्य के हो ? आज अनुमान र अड्कलहरु अनगन्ती हुन सक्छन । यथार्थमा एमालेको विखण्डन नै एकता अपिलमाथिको अतिक्रमणको राजनीतिक उद्देश्य हो । यसको भण्डाफोर, भत्र्सना, प्रतिरोध र प्रतिवाद गर्नु एमालेजनहरुको कर्तव्य हो । यो युगिन कर्तव्य पूरा गर्न सके मात्रै एकीकृत र गतिशील एमालेमा हामी सबैको सुन्दर भविष्य सुरक्षित हुने छ । जनताको सपना तुहिने छैन ।

(लेखक गिरी प्रेस चौतारी, नेपाल कर्णाली प्रदेशका ईञ्चार्ज हुनुहुन्छ :सं)