काठमाडौं, जेठ २६
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ताले आफ्नो हैसियत विर्सदा सुरक्षाकर्मीले निकाल्नुपरेको छ । आजको ब्रेकपछि सुरु भएको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी इजलासको अघिल्लो लहरको कुर्सीमा बस्न पुगेपछि केहीबेर सुरक्षाकर्मीसँग भनाभन नै परेको थियो ।
प्रायः हरेक विषयमा सरकारका विरुद्ध रिट दायर गरेर चर्चामा आइरहने त्रिपाठी सुरक्षाकर्मी बस्ने कुर्सीमा बस्न पुगेपछि सुरक्षाकर्मीले उठाउन खोज्दा भनाभन भएको थियो ।
उक्त घटनापछि कर्मचारी आएर उहाँलाई उक्त कुर्सी छाड्न आग्रह गरेपछि झोला छाडेर हिँड्नुभएको हो । सुरक्षाकर्मीले हटाउँदा न्यायाधीश भने इजलासमा आइसक्नुभएको थिएन । त्यसपछि कुर्सी व्यवस्थापन गरेर पछिल्तिर राखिएको भएपनि उहाँ महान्यायाधिवक्ताको लहरमा गएर बस्न समेत खोज्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्