जनता टाइम्स

२६ जेष्ठ २०७८, बुधबार १७:४४

कांग्रेस सभापति देउवाको घोषणा : महाधिवेशन भदौमै हुन्छ


काठमाडौं, जेठ २६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमा पार्टीको १४ औं महाधिवेशन हुने बताउनुभएको छ । कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने गरी यसअघि नै निर्णय गरिसकेको थियो । तर कोरोना महामारीले क्रियाशील सदस्यता वितरणका काम भने अझै सकिएको छैन।

महामारीकै बीच पनि महाधिवेशन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूले सभापति देउवाको ध्यानाकर्षण गराइरहनुभएको छ । सभापति देउवाले आज प्रेस विज्ञप्ति निकालेर भदौमा महाधिवेशन हुने प्रष्टा पार्नुभएको हो । ‘यस्तो विषय परिस्थितिमा पनि हामीले भदौमा पार्टीको महाधिवेशन सम्पन्न गर्नु परेको छ। म देशभरका साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु, भदौमा महाधिवेशन हुन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।