जनता टाइम्स

२६ जेष्ठ २०७८, बुधबार २०:५२

मन्त्रीकै बिरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता


कैलाली, जेठ २६ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरिएको छ ।

नेकपा एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले सोडारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आज सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार कसुर शीर्षकमा मुद्दा दर्ता गर्नु भएको हो । मन्त्री सोडारीविरुद्ध जाहेरी दर्ता भएसँगै अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

प्रदेश सचिव रावलले पार्टी सचिवको हैसियतमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशनात्मक पत्र बुझाउने बेला मन्त्री सोडारीले आफूमाथि हातपात गरेको आरोप लगाउनुभएको छ । भीम रावल निकट मन्त्री सोडारी यसअघि यौन दुब्र्यवहारमा परेका कारण मन्त्रीबाट बर्खास्तगीमा पर्नुभएको थियो । पछिल्लो समय माधव नेपालको बिधि र पद्धतीका आधारमा उहाँ पुनः मन्त्री बन्नुभएको हो ।