जनता टाइम्स

२७ जेष्ठ २०७८, बिहीबार ११:३८

उपेन्द्र यादवले दिए प्रचण्डलाई धोका


जनकपुर, बैशाख २७ । जनता समाजवादी पार्टी नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ । प्रदेश २ सरकारको सत्ता साझेदारीमा नेपाली कांग्रेससहित माओवादी केन्द्रलाई सहभागी गराउने भनिए पनि मन्त्रालयको भागबण्डा नमिलेपछि माओवादी सरकारमा सहभागी नभएको हो ।

माओवादी प्रदेशसभा सदस्य जगत यादवका अनुसार दुईवटा मन्त्रालय दिने अनौपचारिक सहमति भए पनि मुख्यमन्त्री लालबाबु राउतले एक मन्त्रालय मात्र दिने भनेपछि सरकारमा नजाने निर्णय लिइएको हो । ‘मुख्यमन्त्रीले दुईवटा मन्त्रालय दिने सहमति गर्नुभएको थियो, तर अहिले एउटा मन्त्रालय मात्र दिने भनेपछि सरकारमा जानुको औचित्य देखिएन,’ यादवले भन्नुभयो । उहाँका अनुसार मुख्यमन्त्रील कानुन तथा प्रदेशसभा मामिला मन्त्रालय मात्रै दिन सकिने बताएपछि माओवादी सरकारमै नजाने निर्णयमा पुगेको हो ।

सुरुमा उद्योग तथा पर्यटन र महिला तथा खेलकुद मन्त्रालय दिने अनौपचारिक निर्णय भएको उहाँको भनाई छ । माओवादी सरकारमा नगएपछि मुख्यमन्त्री राउतले बुधवार नेपाली कांग्रेसका तीन मन्त्री नियुक्त गरी शपथ गराउनु भएको छ । यादवले मुख्यमन्त्री राउतले सहमति एउटा र कुरा अर्को गरी अपमानजनक व्यवहार भएकाले सरकारमा जानुको सकिएको यादवको भनाई छ ।

माओवादीले यस घटनालाई उपेन्द्र यादवले प्रचण्डलाई धोका दिएको रुपमा बुझेको छ । केन्द्रदेखि सवैतिर सहकार्यमा रहँदा पनि आफूहरुलाई अपमान गरी यादव पक्षधर राउतले अपमान गरेको निचोड प्रदेश २ का माओवादी नेताहरुले निकालेका हुन ।