जनता टाइम्स

२७ जेष्ठ २०७८, बिहीबार १३:११

आज मन्त्रिपरिषदले पूर्णता पाउँदै, यी हुन नयाँ आठ मन्त्री (सूचीसहित)


काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । हाल आठ वटा मन्त्रालय आफूसँगै राखेका ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तारको तयारीमा लाग्नुभएको हो ।

यसको लागि ओलीले बिहान बालुवाटारमा नेताहरुसँग छलफल गर्नुभएको छ । छलफलमा गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा रामबहादुर थापाकी पत्नी नैनकला थापा र उद्योगमन्त्रीमा जसपाका राजकिशोर यादव लगायतको चर्चा भएको छ ।

नयाँ बन्ने मन्त्रीहरु

१. नारदमुनी राना, वनमन्त्री

२. मोहन वानियाँ, विनाविभागीय

३. खगराज अधिकारी,गृहमन्त्री

४. नैनकला थापा, सन्चारमन्त्री

५. ज्वालाकुमारी साह, कृषि मन्त्री

६. राजकिशोर यादव, उद्योग मन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

८. आशा विक, वन राज्यमन्त्री