जनता टाइम्स

२७ जेष्ठ २०७८, बिहीबार १६:५७

कम्युनिष्टमाथि पूर्वसचिव रामेश्वर खनालको आपत्तिजनक आक्षेप


काठमाडौं, जेठ २७ । पूर्व अर्थसचिव रामेश्वर खनालले कम्युनिष्टहरुमाथि आपत्तिजनक आक्षेप लगाउनु भएको छ । पूर्वसचिव खनालले सामाजिक सञ्जालमा कम्युनिष्ट हुनु नै अपराधदेखि भ्रष्टाचारसम्मको जरो रहेको भन्दै चरित्रमाथिसमेत प्रश्न उठाउनु भएको हो ।

‘कम्युनिष्ट त्याग्नुस, घृणा, ध्वंस, तोडफोड, गाली, कोल्याप्स, आशंका, षडयन्त्र, द्वैध–चरित्र सबै स्वतः छुट्छन,’ खनालले लेख्नुभएको छ । पूर्वसचिव खनालका आक्षेपअनुसार घृणा, ध्वंस, तोडफोड, गालीको स्रोत कम्युनिष्ट हो । यस्तै आशंका, षडयन्त्र, द्वैध–चरित्र पनि कम्युनिष्ट हुनु हो ।

यस्तो छ खनालको आक्षेप
कम्युनिष्ट त्याग्नुस, घृणा, ध्वंस, तोडफोड, गाली, कोल्याप्स, आशंका, षडयन्त्र, द्वैध–चरित्र सबै स्वतः छुट्छन । प्रेम, सद्भाव, समभाव, सहयोग, सिर्जना, विश्वास, विनय प्राप्त हुन्छ । बुद्धत्व मिल्छ, डनहरूसंग दोस्ती गर्न मन लाग्दैन ।