जनता टाइम्स

२७ जेष्ठ २०७८, बिहीबार १८:५९

माधव नेपाल फेरि देउवा निवासमा


काठमाडौं, जेठ २७

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा नेकपा (एमाले) मा नफर्कने निर्णय लिनुभएका नेता माधवकुमार नेपाल पुग्नुभएको छ । उहाँ पछिल्लो साताहरूमा दिनहुँजस्तो देउवा निवास धाउन थाल्नुभएको हो । सरकारको विरूद्धको रणनीति बनाउने अभियानमा देउवा निवास पुग्नुभएको स्रोतले बतायो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेर शपथ खुवाउँदै गर्दा विपक्षी गठबन्धनका नेताहरू देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुट्नुभएको हो ।