जनता टाइम्स

२८ जेष्ठ २०७८, शुक्रबार ११:५७

धरहराका कामदारसँग मनाए राजेश हमालले जन्मदिन


काठमाडौं, जेठ २८ । हरेकपटक केहीकेही फरक काम गरेर आफ्नो जन्म दिन मनाउने अभिनेता राजश हमाल बिहीबार आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौंको सुन्धारमा रहेको धरहरा चढदै त्यही काम गरिरहेका कामदारसँग आफ्नो जन्मदिन मनाउनु भएको छ । । राजेश पत्नी मधु भट्टराईको साथमा धरहरा पुग्नुभएको थियो ।

गत वैशाखको पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे पनि धरहरा अझै सर्वसाधारणका लागि खुला गरिएको छैन । तर, बिहीबार अभिनेता हमाललाई धरहरा चढ्न अनुमति दिइयो । धरहरामाथि चढेर काठमाडौं उपत्यका नियाल्दै अभिनेता हमालले आफ्नी पत्नीसँग जन्म दिनको केक काटनुभयो । सो क्रममा उहाँलाई पत्नी मधुसहित धरहराको निर्माणमा जुटेका कामदारले ताली बजाएर जन्म दिनको शुभकामना दिए ।

हमालले पत्नीसँगै आफ्नो जन्मदिनको केक त्यहाँ कार्यरत कमदारलाई खुवाउनु भयो । अभिनेता हमालको जन्मदिन मनाउँदै केक खान पाउँदा त्यहाँका कामदार पनि खुसी भएका थिए । धरहरा पुगेर केक काट्नुअघि अभिनेता राजेश हमाल पत्नीसँग एउटा राहत वितरण कार्यक्रममा पनि पुग्नुभएको थियो । विगतमा अपांगता भएका बालबालिका तथा असहायसँग आफ्नो जन्म दिन मनाउने गर्नुभएका हमाल यसपटक लकडाउनका कारण धरहरा पुग्नुभएको हो ।