जनता टाइम्स

२८ जेष्ठ २०७८, शुक्रबार २२:४४

देउवा निवासमा बनाइयो प्रधानमन्त्रीको हत्या योजना : कांग्रेसी सांसदले खोलिदिए पोल (भिडियोसहित)


काठमाडौँ, जेठ २८। नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताउनुभएको छ । बागमती प्रदेशको सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै शुक्रबार कांग्रेस सांसद वैद्यले ओलीका हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताउनुभएको हो ।

उहाँको अभिव्यक्तिको अहिले सामाजिक सञ्चालमा चर्को आलोचना भैरहेको छ । उहाँले महात्मागान्धीको हत्या गरेको दिँदै केपी ओलीका लागि आफू नाथुराम गोट्से भन्न तयार रहेको अभिव्यक्ति दिनुभएको हो । केहि दिन अघिबाट देउवा निवास बुढानिलकण्ठमा पाँच गठबन्धको पटक पटक गोप्य बैठक हुनुले पनि प्रधानमन्त्री ओली माथि ठुलो षडयन्त्र भएको प्रष्ट बुझन सकिने एक नेता बताउनु हुन्छ ।

उहाँका अनुसार यो योजना त्यहि बनेको हुनुपर्छ तर वैद्यले त्यो षडयन्त्रको कुरा बोलेको हुनुपर्ने प्रष्ट हुन्छ । उहाँले राजेन्द्र महतोसहितका नेतालाइ मन्त्रीपरिषद्मा समेटेकोमा आपत्ति जनाउँदै मुनुचिया भन्ने देशको उदाहारण प्रस्तुत गरेर नाथुराम गोड्से बन्ने बताउनुभयो । उहाँले ओलीलाइ अहिले सत्ता चलाइरहेको अवस्थामा छोड्न नहुने र कोही नाथुराम गोड्से बन्न तयार छैन् आफू बन्न तयार रहेको बताउनुभो ।