जनता टाइम्स

२९ जेष्ठ २०७८, शनिबार १६:३५

कांग्रेस सांसदले हत्या गर्ने धम्की दिएपछि प्रधानमन्त्री ओलीको पक्षमा उभिए भीम रावल


काठमाडौं, जेठ २९ । पूर्वगृहमन्त्री डा भीम रावलले नेपाली कांग्रसका सांसद नरोत्तम वैद्यले दिनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनु भएको छ ।

नेता रावलले कांग्रस सांसद वैद्यको सबैले बिरोध गर्नुपर्ने प्रष्ट मान्यता पनि अघि सार्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटमाफृत आफ्नो धारणा राख्दै रावलले कांग्रेस सांसद वैद्यको अभिव्यक्तिको कसैले समर्थन गर्न नसक्ने प्रष्ट पार्नुभयो ।

‘प्रदेश सभा सदस्य जस्तो कानूनको मर्यादाको रक्षा गर्नुपर्ने व्यक्तिले प्र.म. केपीको हत्या गर्ने कुरा गर्नु आपत्तिजनक छ । यस्तो कुराको सबैले विरोध गर्नुपर्छ र त्यस्तो अभिव्यक्ति दिनेले सार्वजनिक रूपमा क्षमा माग्नु पर्छ । राजनीति सिद्धान्त, विचार, नीति, विधि, पद्धति र आदर्शबाट चल्नुपर्छ,’ रावलले भन्नुभएको छ ।