काठमाडौं, जेठ २९
रेल्वे ऐनले रेल्वेसम्बन्धि अपराधमा अन्य कानुनभन्दा कडा र बढी सजायको व्यवस्था गरेको छ । रेल्वे कानुन कार्यान्वयनमा आइसकेकाले अब रेल्वेको सम्पत्ति तोडफोड, नोक्सान वा चोरी गर्नेलाई सिधै जेल चलान गर्ने कानुन आएको छ । यस्ता अपराध गर्नेलाई कानुन अनुसार कारवाही हुने भएकाले त्यस्ता खालका कुनै क्रियाकलापमा संलग्न नहुन रेल विभागका महाप्रबन्धक गुरु भट्टराईले अनुरोध गर्नुभएको छ ।
रेल वा रेल्वेमा आगो लगाउने वा विष्फोटक पदार्थ ओछ्याउने, कुनै प्रज्वलनशील पदार्थ वा विद्युतीय धराप बनाइ रेल सञ्चालनमा बाधा पुर्याएर प्रचलित कानुन बमोजिम ज्यान मारे सरह सजाय र ज्यान नमरेको भए १० वर्षसम्म कैद र एक लाख जरिवाना तोकेको ऐनमा व्यवस्था रहेको छ । त्यस्तै अन्य आपराधिक गतिविधि गर्नेलाई समेत ऐनमा सजायको व्यवस्था गरेको छ ।













प्रतिक्रिया दिनुहोस्