काठमाडौं, जेठ ३०
सत्तारुढ नेकपा (एमाले) ले स्थायी कमिटी बैठक बोलाएको छ । एमालेले असार २ का लागि बैठक बोलाएको बैठकका विषयमा समझदारी भएपनि सदस्यहरूलाई खबर गर्न बाँकी रहेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले बैठक बस्ने कुरा टुंगिए पनि त्यसअघिको तयारीको विषय भने केही बाँकी रहेको जानकारी दिनुभयो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल हुनेछ ।
उहाँले स्थायी कमिटीका सबै सदस्य (माधव नेपाल समूह) लाई निमन्त्रणा दिइने पनि सुनाउनुभयो । अब बस्ने बैठक एकताको महत्वपूर्ण हुनेछ । सर्वोच्च अदालतले जेठ २७ मा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीका निर्णयलाई वैधता दिन अस्वीकार गर्दै कर्णाली प्रदेशका चार सांसदको पुनर्बहाली गरेपछि एमालेको संस्थापन पक्ष दबाबमा परेको हो ।













प्रतिक्रिया दिनुहोस्