जनता टाइम्स

१ असार २०७८, मंगलवार १४:१५

कर्णाली एक हुँदै एमाले : सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने


सुर्खेत, असार १। नेकपा एमालेले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ ।मंगलबार बसेको एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको एमाले सांसद सुशील कुमार थापाले जानकारी दिनुभयो ।

बैठकमा फ्लोर क्रस गरेका सांसद प्रकाश ज्वालासहित १६ जना सांसद सहभागी हुनुभएको छ । बैठकमा पार्टीको निर्देशन अवज्ञा गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चारजना सांसदमध्ये ज्वाला बाहेक अन्य तीन जना सांसद अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही भने बैठकमा सहभागी हुनुभएन ।

तीनजना कर्णाली कर्णाली प्रदेश सरकारका मन्त्री हुन् । कर्णाली प्रदेश सरकारले मंगलबार नै नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याउने तयारी गरेको छ । आज दिउँसो ४ बजे आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले संसदमा बजेट पेश गर्ने कार्यतालिका रहेको छ । तर नीति तथा कार्यक्रम नै पास हुने÷नहुने अन्योलता भने बढेको छ ।