रूपन्देही, असार १
दुई दिनदेखि परेको अविरल वर्षाले गुल्मीको इस्मामा घर भत्किँदा एक महिला घाइते हुनुभएको छ । गाउँपालिका–५ रजस्थल मैदानका राजेश परियारको निर्माणाधिन घर भत्किदा उहाँको श्रीमती जानुका परियार घाइते हुनुभएको हो । उहाँको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
राति घर भत्किँदा घरभित्र पुरिनुभएको परियारको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । त्यस्तै इस्मा–१ उजुङकी छत्रबहादुर पछाइको घर माथिबाट झरेको ढुङ्गाले भत्किएको भएपनि मानवीय क्षती भने भएको छैन । अत्यधिक बर्षा भइरहेकाले जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन् । यता जिल्लाका नदि तथा खोलाहरुमा पानीको सतह वढेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले कालीगण्डक आसपासका वस्तीका वासिन्दाहरुले सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै जिल्लाको रिडि रुद्रवेणि खण्ड, तम्घास वामी हुदै वुर्तिवाङ सडक, रिडि तम्घास सडक, खर्जाङ रिडि सडक, चोरकाटे शान्तिपुर लगायतका अधिकाशं सडकहरुमा पहिरो खसेपछि अवरुद्ध भएका छन । अवरुद्ध सडकलाई खुलाउने प्रयास भैरहेको छ । पानी परिरहेको र पहिरोले सडकहरु अवरुद्ध भैरहेकाले अत्यावश्यक काम नपरि यात्रा नगर्नु हुन र अत्यावश्यक भए जानकारी लिएर मात्र यात्रा गर्नु हुन समेत प्रशासनले अनुरोध गरेको छ ।













प्रतिक्रिया दिनुहोस्