जनता टाइम्स

१ असार २०७८, मंगलवार १५:५९

एकतर्फी दुबई–काठमाडौं चार्टर उडान नेपाल एयरलाइन्सले गर्ने


काठमाडौं, असार १

कोभिड–१९ का कारण स्थगित रहेको दुबई–काठमाडौं एकतर्फी चार्टर उडान नेपाल एयरलाइन्सले गर्ने भएको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान स्थगन भएपछि यूएईमा विविध कारणले रोकिएका नेपालीहरुलाई लक्षित गरि नेपाल एयरलाइन्सले आगामी जुन २३ र ३० तारिक गरि हप्ताको दुई दिन (दुबई–काठमाडौ) एकतर्फी उडान सुचारु गर्ने भएको हो ।

नेपाल एयरलाइन्सका यूएई कन्ट्री म्यानेजर टिकाराम पंगेनीका अनुसार आजैदेखि टिकट बिक्री थालिएको छ । नेपाल सरकारले कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि घर आउन नपाएका नेपालीहरु यूएईमै रहेका छन् । कतिको ओभरस्टे र भिजिटमा घुम्न गएका नेपालीहरुको जरिवाना समेत शुरु भएको भन्दै गुनासो गरेका छन् ।

त्यस्तै नेपाल एयरलाइन्सले एकतर्फी उडान सुचारु गरेपनि टिकट एजेन्सीहरूले सहज रुपमा हवाई टिकट उपलब्ध नगराउँदा भने झनै समस्या भएको छ । यता लामो समयसम्म उडान बन्द भएकै कारण नेपाल फर्कनेहरूको संख्या धेरै हुँदा यस्तो समस्या आएको ट्राभल्स एजेन्सीहरू बताउँछन् ।