जनता टाइम्स

१ असार २०७८, मंगलवार १७:०४

बागमती प्रदेशको प्रदेश क्षेत्र पूर्वाधार कार्यक्रम खारेज


हेटौंडा, असार १

बागमती प्रदेश सरकारले प्रदेश क्षेत्र पूर्वाधार कार्यक्रम खारेज गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यस्तो घोषणा गर्नुभएको हो । यसअघि केन्द्र सरकारले पनि जेठ १५ गते बजेट भाषणमार्फत सांसद विकास कोष खारेज गरेको थियो ।