काठमाडौं, असार २
अविरल वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटल रोजमा दुई युवाको उद्धार गर्न सेनाको हेलिकप्टर जाँदै गरेको छ । होटलको छतसम्म बाढीले घेरेपछि ती युवाहरू फसेको तस्विरमा देखिन्छ । उहाँहरू रहेको घरको छतभन्दा केही मुनिसम्म पानी पुगेको छ भने उहाँहरुले उद्धारका लागि गुहार मागिरहनुभएको छ ।
तत्काल उद्धार गर्नको लागि सेनाको हेलिकप्टर जाँदै गरेको बताइएको छ । केही दिनयता परेको अविरल वर्षाले सिन्धुपाल्चोकलगायत देशभर बाढी र पहिरोका घटना घटिरहेको छ । यसबाट भएको जनधनको क्षति भने हालसम्म यकिन विवरण आइसकेको छैन ।













प्रतिक्रिया दिनुहोस्