जनता टाइम्स

२ असार २०७८, बुधबार १०:०१

बाढी बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला


काठमाडौं, असार २

लगातार केही दिनदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था भने अहिले छैन तर किनार आसपासको क्षेत्रमा निरन्तर अवलोकन गरिएको छ । यता सप्तकोशीमा मिसिने एक प्रमुख नदी इन्द्रावतीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र ढुवानमा परेको छ भने ठूलो जनधनको क्षति भएको छ ।