जनता टाइम्स

२ असार २०७८, बुधबार १३:५१

विपद् प्रति कार्ययोजना पारित, उद्धार तथा व्यवस्थापनमा सबै मन्त्रालय परिचालित हुने


काठमाडौं, असार २

सरकारले मनसुनबाट हुने विपद्का लागि सबै मन्त्रालय परिचालित गरेर उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने भएको छ। गृहमन्त्री खगराज अधिकारीको नेतृत्वमा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको आजको बैठकले विपद् प्रतिकार्ययोजनालाई पारित गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता सह-सचिव विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो ।

‘विपद् न्यूनीकरणका लागि बनेको विपद् प्रतिकार्ययोजनालाई पारित गरिएको छ। यस्तै, मंगलबार सिन्धुपाल्चोक, मनाङलगायत जिल्लाहरुमा बाढीले पुर्याएको क्षतिका बारेमा घनिभूत छलफल भयो। तत्काल प्रभावित जिल्लाहरुमा उद्धारका लागि सबैलाई संचालन गर्ने भन्ने निर्णय भएको छ,’ उहाँले भन्नुभयो ।